१० कार्तिक २०८३, मंगलबार

बालगृहबाट बालबालिकाको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २० भदौ । जिल्ला बालकल्याण समिति नुवाकोटले सदरमुकाम विदुरको एक बाल गृहबाट शनिबार सात बालबालिकाको उद्धार गरेको छ ।

विदुर नगरपालिका वडा नं ४ स्थित इन्द्रेणी बालगृहबाट एक बालिकासहित छ बालकको उद्धार गरिएको हो ।

समितिले मापदण्ड विपरीत सञ्चालनमा रहेको बताउँदै बालगृहलाई पटक पटक मापदण्ड पूरा गर्न आग्रह गर्दै आए पनि बालगृहका सञ्चालकले बेवास्ता गरेपछि बालबालिकालाई उद्धार गरिएको जनाएको छ ।

विसं २०६५ मा दर्ता भएको बालगृह हालसम्म नवीकरण नगरिएको र बालबालिकालाई श्रम शोषण गर्ने गरिएको पाइएपछि तिनलाई उद्धार गरी छाता संस्थाको आपत्कालीन उद्धार केन्द्रमा राखिएको बालकल्याण समितिका बालअधिकार अधिकृत अनिता थापाले जानकारी दिनुभयो ।

शुभलाल श्रेष्ठले सञ्चालन गर्दै आएको सो बालगृहमा बालबालिका राख्दा गाविसको सिफारिस र परिवारको स्वीकृतिसमेत नलिइएको समितिले जनाएको छ ।

उद्धार गरिएका बालबालिकालाई समितिले स्थापना गरेको अस्थायी आवास गृहमा राखिएको छ । विभिन्न विद्यालयमा अध्ययनरत उनीहरुलाई सोही विद्यालयमा अध्ययन गराइने भएको छ ।

बालगृहका सञ्चालक श्रेष्ठले भने सरकारी निकायले केही सहयोग नगरेकाले सरकारी निकायमा दर्ताको नवीकरण नगरिएको स्वीकार्दै अन्य मापदण्ड भने पूरा गरिएको जिकिर गर्नुभयो । रासस