१० कार्तिक २०८३, मंगलबार

डा केसीको मागप्रति राप्रपा नेपालको ऐक्यबद्धता, जीवनरक्षाको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-govinda-kcठमाडौँ, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) निकट नेपाल प्राज्ञिक परिषद्ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

परिषद्का अध्यक्ष तथा पार्टीका सहायक महामन्त्री प्रा डा गीताभक्त जोशीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज साँझ त्रिवि शिक्षण अस्पताल पुगी स्वास्थ्य क्षेत्र तथा चिकित्सा शिक्षामा देखिएका भ्रष्टाचार न्यूनीकरणका लागि डा केसीको मागलाई समर्थन गर्दै ऐक्यबद्धता प्रकट गरेको हो ।

उक्त अवसरमा डा केसीले आफूले उठाएका कुरा आम जनतासँग सरोकार राख्ने हुँदा त्यसलाई निष्कर्षमा पु¥याउन सहयोगको अपेक्षा गर्नुभएको र परिषद्का अध्यक्ष जोशीले डा केसीको मागलाई तत्काल पूरा गरी उहाँको जीवन बचाउन सरकारसँग आग्रह गर्नुभएको पार्टीका केन्द्रीय सदस्य राजाराम वर्तौलाले जानकारी दिनुभयो ।

चिकित्सा क्षेत्रका विकृतिको अन्त्य गर्नुपर्ने, चिकित्सा क्षेत्रलाई गुणस्तरीय बनाउनुपर्ने, स्वास्थ्य सेवामा आमजनताको सर्वसुलभ पहुँच विस्तार गर्नुपर्नेलगायत माग गर्दै डा केसी यही भदौ ७ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा अनशन बस्नुभएको छ । रासस