२१ कार्तिक २०८३, शनिबार

अर्जुननरसिंहले पनि कांग्रेस निर्देशन मानेनन्, संविधानसभामा एकलौटी संशोधन प्रस्ताव दर्ता गराए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun-narsing-kcकाठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका सभासद अर्जुननरसिंह केसीले संविधानको विधेयकमाथि व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

कांग्रेस संसदीय दलको बैठकले पार्टीका सबै नेता कार्यकर्तालाई व्यक्तिगत संशोधन दर्ता नगर्न निर्देशन दिएपनि सभासद केसीले पार्टीको निर्देशन उल्लङघन गर्दै संविधानसभाको सचिवालयमा शनिबार संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो ।

यसअघि शुक्रबार सभासद कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि व्यक्तिगत संशोधन दर्ता गराउनुभएको थियो । नेता केसीले नयाँ संविधानमा धर्मनिरपेक्षको सट्टा बहुधार्मिक राख्नुपर्ने, प्रस्तावनामा बहुलवाद हुनुपर्ने माग राख्नुभएको छ ।

शंसोधन प्रस्ताव दर्ता गर्दै उहाँले पार्टीले गर्ने जुनसुकै कारवाही भोग्न आफू तयार रहेको बताउनुभयो ।