
काठमाडौं, १९ भदौ । संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउने विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
अहिले केही समयपछि राजधानीमा बस्ने बैठकमा संविधानको विधेयकमा गर्न लागिएको संशोधन र भाषागत विषयमा छलफल हुने बुझिएको छ । कार्यदलले तयार पारेको संशोधनको प्रस्तावमाथि शीर्ष नेताहरूले छलफल गर्ने छन् ।
शीर्ष नेताहरूले अन्तिम टुङ्गो लगाउने विषयलाई नै संविधानमा संशोधन गरी असन्तुष्ट पक्षका माग सम्बोधन गरिनेछ ।
दलहरूले धर्मनिरपेक्षता, संघीयताको सिमाङ्कन, विभिन्न समुदायको अधिकार, आयोग, नागरिकता, न्यायालयलगायतका विषयमा संशोधन प्रस्ताव पेश गर्दैछन् । बैठक नौ बजेपछि बालुवाटारमा बस्ने कार्यक्रम छ ।












प्रतिक्रिया