२१ कार्तिक २०८३, शनिबार

प्राविधिकहरुको माग सम्बोधन गर्न सरकार तयार छ : भूमिसुधार मन्त्री राना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Napi-bhebhag (3)काठमाडौं, १८ भदौ । नेपालमा शुक्रबार २५ औं सर्भेयर्स दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

देशभरका नापी पेशाकर्मीको संगठन नेपाल सर्भेयर्स एशोसियसनको स्थापना भएको २५ औं वर्ष पुगेको अवसरमा यो दिवस मनाइएको हो । दिवसका अवसरमा काठमाडौंमा रहेको नापी विभागमा रजत महोत्सवको आयोजना गरिएको थियो ।

उक्त रजत महोत्सव र स्तम्भको उद्घाटन भूमिसुधार मन्त्री दलबहादुर रानाले उद्घाटन गर्नुभयो । सभामा बोल्दै मन्त्री रानाले प्राविधिकहरुलाई विशेष अधिकार दिइने बताउनुभयो । उहाँले भन्नुभयो–‘सर्भेयर्सका माग पूरा गर्न सरकार तयार छ ।’

कार्यक्रममा नेपाल सर्भेयर्स एशोसियसनका वरिष्ठ उपाध्यक्ष अम्बादत्त भट्टले स्वागत मन्तव्य राख्दै सम्पूर्ण पेशाकर्मी सर्भेयर्सहरु पूर्ण अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

Napi-bhebhagआज भन्दा २५ वर्ष पहिले २०४७ साल भदौ १८ गते नेपाल सर्भेयर्स एशोसियसनको स्थापना भएको थियो । ‘सम्पूर्ण नापी पेशाकर्मीहरुको साझा चौतारीमा गोलबन्द होऔं’ भन्ने मुल नाराका साथ यसवर्षको २५ औं सर्भेयर्स दिवस देशैभरी विविध कार्यक्रम गरी मनाइएको हो ।
२५औं दिवसका अवसरमा देशैभरीका प्राविधिकले रक्तदान, भलिबल, फुटबल लगायतका अतिरिक्तको आयोजना गरेका छन् । राजधानीमा मात्रै ५० जना प्राविधिकहरुले रक्तदान गरेका छन् ।

रजत महोत्सव समारोहका विशिष्ठ अतिथि नेपाल सर्भेयर्स एशोसियसनका अध्यक्ष तथा नापी विभागका महानिर्देशक मधुसुधन अधिकारीले पेशागत हकहितका लागि सम्पूर्ण प्राविधिकलाई एकजुट हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो–‘प्राविधिक साथीहरुले आफ्नो अधिकारभन्दा जनताको सेवा, कर्तव्यलाई ध्यान दिनुपर्छ ।’

Napi-bhebhag (5)समारोहमा भूमिसुधार प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक कृष्णराज विसी, खगोल तथा भू–मापन महाशाखाका मोहन चन्द ठकुरी, कित्ता नापी उप महानिर्देशक गणेशराज भट्टले सर्भेयर्सहरुको बुद्धि विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

समारोहमा संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान समेत गरिएको छ । नेपाल सर्भेयर्स एशोसियसनका संस्थापक अध्यक्षहरु कमलनाथ मिश्र, प्रविण सापकोटालाई सम्मान गरिएको हो । समारोहमा राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अध्यक्ष दयाराम बस्यालले नेपालभित्र कर्मचारी दुःखी भएको भन्दै जनतासम्म दलाल बढी रहेको बताउनुभयो ।

Napi-bhebhag (4)दिवसकै अवसर पारेर एशोसियसनले सामाजिक कार्यहरु पनि गर्दै आएको छ । एशोसियसनले केन्द्रमा नापी विभाग तथा मन्त्रालय अन्तर्गतका सबै प्राविधिकहरुले भूकम्पपीडितलाई सहयोग भौतिक सहयोग गरेको छ ।

गत वर्ष देशभरका बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गरेको सर्भेयर्स एशोसियसनले यसवर्ष भूकम्प पीडितहरुको आश्रय स्थल निर्माणमा प्राविधिक सहयोग तथा भौतिक संरचना संरक्षण गरेको हो ।

Napi-bhebhag (1)यसलगत्तै देशभरका सीमाविद्सँग छलफल गर्न वृह्त गोष्ठीको आयोजना गरिएको सर्भेयर्स एशोसियसनका महासचिव सरोज चालिसेले जानकारी दिनुभयो । २५ औं स्थापना दिवसका अवसरमा सर्भेयर्स एशोसियसनले विभिन्न मागहरु पनि सरकारसँग राखेको छ ।

भूकम्पमा राज्यले सर्भेयर परिचालनमा महत्व नदिएकाले सर्भे काउन्सिल गठन गरिनुपर्ने । सबै काम फिल्डमा गएर प्राविधिकले गर्ने भएकाले मालपोत कार्यालय खारेज गरी नापीलाई नै सर्वअधिकार सम्पन्न बनाइनुपर्ने लगायतका मागहरु सर्भेयर्स एशोसियसनले अघि सारेको छ ।