काठमाडौं, १८ भदौ । गिनिज बुकमा संसारकै होचो व्यक्तिको रुपमा नाम लेखाउनु भएका दाङ जिल्लाका चन्द्रबहादुर डाँगीको निधन भएको छ । कार्यक्रमका लागि अमेरिकामा रहेका डाँगीको उपचारका क्रममा निधन भएको हो ।
अमेरिकाको ल्याण्डन बि जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा उपचारका लागि भर्ना भएका डाँगीको शुक्रबार निधन भएको उनका भतिजा दोलख डाँगीले बताउनुभयो ।
नाचगान र रमाइलो गर्न रुचाउने डाँगस्को जन्म १९९६ साल मंसिर १५ गते दाङमा भएको थियो । उहाँले २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो ।
डाँगीको उचाइ ५४.६ सेमी थियो । गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार डाँगी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचो प्रमाणित हुनु भएको थियो । डाँगीको तौल १२ किलोग्राम रहेको थियो।












प्रतिक्रिया