२१ कार्तिक २०८३, शनिबार

कांग्रेसका मधेशी र जनजाति सभासदले पार्टी निर्देशन मान्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका जनजाति र मधेशी सभासदहरूले संविधानको विधेयकमा संशोधनका लागि पार्टीसँग समन्वय गरी संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेका छन् ।

मधेशी र जनजाति सभासदहरूको आज काठमाडौंमा बसेका अलग अलग बैठकहरूले संसदीय दलका मुख्यसचेतक चिनकाजी श्रेष्ठमार्फत आफ्नो संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेका हुन् ।

उनीहरूले उठाउँदै आएका मागलाई संस्थागत रुपमा अगाडि बढाउँदा संविधानसभाबाट पारित हुने संभावना रहेकाले पार्टीकै निर्देशनलाई मानिएको सभासद किरण यादवले जानकारी दिनुभयो ।

मधेशी र जनजाति सभासदहरूले संविधानमा संशोधन गर्नुपर्ने आफ्ना मागलाई समेटेर प्रस्तावसमेत तयार पारेका छन् । ती मागहरूलाई उनीहरूले संसदीय दलको कार्यालयमा बुझाएका छन् ।