बर्दिया, १८ भदौ । बर्दियाको मैनापोखरमा प्रहरी हबल्दार देवबहादुर पाण्डेको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको एक टोलीले घटनामा संलग्न भएको अभियोगमा मैनापोखर–८ बस्ने नरेश थारु, ५५ वर्षीय रामहरथ थारु र १९ वर्षीय अविनाश थारुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको छ ।
आज विहान बर्दियाको मैनापोखर चोकमा प्रदर्शनकारीहरुले रोकेका २ वटा सवारी साधनलाई प्रहरीले स्कर्ट गरी पास गराएपछि आक्रोशित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी आक्रमण गरेका थिए ।
प्रदर्शनकारीहरुको आक्रमणबाट गम्भीर घाइते इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत दाङ लालमटिया–२ घर भई नेपालगंज उपमहानगरपालिका–२५ कारकाँदो बस्ने प्रहरी हवल्दार देवबहादुर पाण्डेको उपचारका क्रममा मृत्यु भएको थियो ।












प्रतिक्रिया