– सुदीप अधिकारी
बर्दिया, १८ भदौ । बर्दियाको मैनापोखरमा प्रहरी र थरुहटका कार्यकर्ताबिच झडप भएको छ । झडपमा परी झडपमा एक प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बिनोद बहादुर कुँवरले बताएका छन् ।
प्रहरी हवलदार माथि के प्रहार भयो भन्ने बारे अझै खुल्न नसकेको प्रजिअ कुँवरले बताए । झडपमा परी गम्भिर घाइते भएका प्रहरी हवलदार पाण्डेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी साधनलाई प्रहरीले स्कटीङ गरी बर्दियाको सदरमुकाम गुलरीया ल्याँउदै गर्दा मैनापोखरमा थरुहट आन्दोलनकारी र प्रहरी बिच झडप भएको बताइएको छ । प्रहरीले स्कटिग गरि सवारीसाधन चलाएको भन्दै थरुहट कार्यकर्ताको आक्रोशित भिड इलाका प्रहरी कार्यालय मैनापोखरको तर्फ आउन थालेपछि झडप भएको प्रमुख जिल्ला अधिकारी कुँवरले जानकारी दिए ।
प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास, लाठी चार्ज गर्नुका साथै ३ राउण्ड हवाई फाएर गरेको बताइएको छ । विहानैदेखी मैनापोखरमा तनाव भएको छ । झडपपछि त्यहा व्यापक प्रहरी परिचालन गरिएको प्रजिअले कुँवर बताए ।
यसैगरी शुक्रबार विहान मैनापोखरमा प्रर्दशनकारीले नागरिक दैनिक पत्रिका जलाउनुका साथै बर्दिया टाइम्सका प्रकाशक तथा सम्पादक बालकृष्ण ओलीलाई र्दुव्यभार गरेका थिए ।
चितवन देखि कञ्चनपुर सम्म थारुवान, थरुहट प्रदेशको माग गर्दै २५ दिन अघि देखि आन्दोलनमा उत्रिएका थरुहट आन्दोलनकारीहरु आफ्नो माग प्रती सरकारले सुनुवाई नगरेको भन्दै हिजादेखि अलि उग्र रुपमा सडकमा उत्रिएका छन् ।












प्रतिक्रिया