२१ कार्तिक २०८३, शनिबार

देउखुरीमा लुकेर बसेका अपरिचित समूहले सवारी साधनमा ढुङ्गा प्रहार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadi ma Todfodदेउखुरी, १८ भदौ । दाङको देउखुरीमा थारु आन्दोलनकारीले आज बिहान तीन वटा सवारी साधनमाथि ढुङ्गा प्रहार गरेर क्षति पुराएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार प्रहरीको ड्यिुटी परिवर्तन हुने समयको मौका छोपेर अपरिचत व्यक्तिहरूले राजमार्गमा गुडीरहेका सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको वडा प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेका ना ५ ख २५५३, ना ५ ख ८८५ नम्वरको वस र ना १ ख ४५९९ ट्रकमा ढुङ्गा प्रहार गरेपछि सिसा फुटेका छन् ।

लमही नगरपालिका वडा नं. ३ सुन्डवरीमा चार पाँच जनाको समूहमा रहेका अपरिचत व्यक्तिले सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको र तिनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार लुकेर बसेका थारु आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा ढुङ्गा प्रहार गरेर भागेको जनाइको छ । ढुङ्गा प्रहारको जिम्मेवारी कसैले लिएको छैन ।