
काठमाडौं, १८ भदौ । अनसनरत डा.गोविन्द केसीको आन्दोलनमा ऐक्यवद्धता र मेडिकल क्षेत्रको अनियमितता रोक्न माग गर्दै आज राप्रपा नेपालले राजाधनीमा प्रदर्शन गर्ने भएको छ ।
धुम्बाराहीस्थित पार्टी कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसम्म प्रदर्शन गरिने राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मेडिकल माफियाविरुद्ध प्रदर्शन गर्न लागिएको बताउनुभयो ।
प्रदर्शनमा राप्रपा नेपालका भातृसंगठनहरूको सहभागिता रहने छ । राप्रपा नेपालले मेडिकल क्षेत्रमा भइरहेको अनियमितताको छानविन गर्न पनि अख्तिायारसँग माग गर्नेछ ।
त्यस क्रममा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई अनियमितता छानविन गर्न माग गरेर निवेदन दर्ता गराउने श्रेष्ठले बताउनुभयो ।












प्रतिक्रिया