नवलपरासी, १७ भदौ । तराईमा आन्दोलन नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नवलपरासी पुगेका छन् ।
पर्सा र रौतहटमा आन्दोलन चर्काएका महतो त्यहाँ कर्फ्र्यू र सेना परिचालन भएपछि अर्काे धमाका मच्चाउन नवलपरासी पुगेका हुन् । पर्सामा आफ्नै नेतृत्वमा प्रशासनले लगाएको निषेधित क्षेत्र ताडेर महताले आन्दोलन चर्काउँदा पाँच जनाको मृत्यु भएको थियो । त्यो समयमा मोर्चाका नेताद्धय उपेन्द्र यादव र महन्थ ठाकुर वार्ताका लागि राजधानीमा थिए । त्यहाँ स्थानीय प्रशासनले दंगा क्षेत्र घोषणा गर्दै सेना परिचालन गरेपछि विहीबार नवलपरासी पुगेर उनले पत्रकार सम्मेलन गरेका छन् ।
बन्द हड्तालको आन्दोलनलाई कमजोर ठाने तराईमा नाकाबन्दीदेखि सरकारी कार्यालय कब्जा गरेर आन्दोलनलाई सशक्त बनाउने चेतावनी ।
मोर्चाका नेताहरु वार्ताका लागि राजधानी गएपछि असन्तुष्ट महतोले विहीबार परासीमा आयोजित पत्रकार सम्मेलनमा महन्थ ठाकुर र उपेन्द्र यादव चाकडी गर्न काठमाडौं गएको आरोप लगाए ।
सरकारलाई तराईमै बोलाएर वार्ता गर्नुपर्ने अडान राख्दै आएका महतोले तराईमा आन्दोलन चलिरहेका बेला ठाकुर र यादव शीर्ष नेताको चाकडी गर्नकै लागि काठमाडौं गएको ठोकुवा गरे । उनले सत्ता र भत्ताको मोह त्यागेर तराईको आन्दोलनमा फर्किन सम्पूर्ण पार्टीका मधेसी सभासदलाई आव्हान समेत गरे ।
तराईमा आन्दोलन चलिरहेको र जनताले ज्यानको बलिदान दिइरहेका बेला उनीहरु(उपेन्द्र र महन्थ)ले काठमाडौं गएर ठूलो गल्ति गरेको महतोको भनाई थियो । उनले मधेस र पहाडलाई तोडेर सरकारले नै सद्भाव बिगार्न खोजेको भन्दै मधेस प्रदेश नभएसम्म आन्दोलन जारी रहने बताए ।
बन्द हड्तालको आन्दोलनलाई कमजोर ठाने तराईमा नाकाबन्दीदेखि सरकारी कार्यालय कब्जा गरेर आन्दोलनलाई सशक्त बनाउने उनले चतावनी दिए ।













प्रतिक्रिया