मोरङ, १७ भदौ । मोरङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कोशी हरैचा नगरपालिका–७ बस्ने ४० बर्षीय राजेश चौधरीलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।
चौधरीले सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा बुधबार ललाई फकाई घर पछाडी खोलामा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । बाटोभरी खेलाई खेलाई बालिकालाई खोलामा लगिएको थियो ।
उक्त घटनाको पीडित बालिकाको अभिभाबकले अस्थाई प्रहरी पोष्ट बिराटचोकमा जानकारी गराएपछि खटिएको प्रहरीले पक्राउ गरी पीडित बालिका र पीडकलाई स्वास्थ्य परिक्षणको लागि धरान घोपा अस्पतालमा पठाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया