९ कार्तिक २०८३, सोमबार

एनपीएल–३ : उद्घाटन खेलमा लुम्बिनी लायन्सको विजयी सुरुवात, सुदूरपश्चिम पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

सोमबार साँझ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाएको थियो ।