९ कार्तिक २०८३, सोमबार

तराईमा प्रहरीमाथि मधेसी मोर्चाका कार्यकर्ताको आक्रमण, केही घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeकाठमाडौँ, १७ भदौ । तराईमा आन्दोलन गरिरहेको संघीय लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले विभिन्न ठाउँमा प्रहरीमाथि आक्रमण गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विहीबार मात्रै तराईका चार जिल्लामा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

रौतहट : रौतहट गौर नगरपालिका–८ स्थित कविर चोकमा संयुक्त मधेसी मोर्चाका बन्दकर्ताहरुले बुधबार प्रहरी माथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाई फायर गरी भिडलाई तितर बितर गरेको छ ।

मोरङ : बिराटनगर उपमहानगरपालिका–१४ स्थित महाविर चोकमा संघीय समाजबादी फोरम नेपालका बन्दहर्ताहरुले बुधबार बीच सडकमा टायर बाल्न खोज्दा प्रहरीले रोकेपछि प्रहरीनै माथि ढुंगामुढा प्रहार गरेकोले सामान्य लाठी चार्ज गर्नुको साथै अश्रुग्याुस समेत फायर गरी भीड तितर वितर गरेको छ । प्रहरी माथि ढुंगामुढा प्रहार गर्ने सोही उपमहानगरपालिका–७ बस्ने २१ बर्षीय अमर महतो सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढुंगा लागेर प्रहरी जवान सुमन याख्खा घाइते भएकोले उपचार पश्चात कार्यालयमा फिर्ता भएका छन् ।

महोत्तरी : जलेश्वर नगरपालिका–४ सिनेमा हल अगाडी संयुक्त मघेशी मोर्चाका कार्यकर्ताहरुले बुधबार प्रहरी माथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी तितर बितर गरेको छ ।

पर्सा : बिरगंज उपमहानगरपालिका–२४ स्थित परवानीपुर चोकमा संयुक्त मघेशी मोर्चाका कार्यकर्ताहरुले बुधबार प्रहरी माथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीडलाई तितर वितर गरेको छ ।