९ कार्तिक २०८३, सोमबार

गुल्मीको रिडीमा पहिलो पटक लाखे महोत्सव आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ridi– अनिल खत्री
गुल्मी, १७ भदौ । गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थल रुरु गुल्मीमा पहिलो पटक लाखे महोत्सव सपन्न भएको छ ।

स्थानीय संस्कृति संरक्षण गर्ने उद्देश्यले रुरुक्षेत्र साँस्कृतिक समिति, गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखा, रिडी बजार ब्यबस्थापन समिति, रुरु फ्रेन्डस क्लब, जनजाति महासंघ तथा बिभिन्न जातीय संगठनहरुको आयोजनामा जिल्लामै पहिलो पटक लाखे महोत्सवको आयोजना गरिएको हो ।

जिल्लाका बिभिन्न स्थानबाट आएका दर्शकहरुको उपस्थितीमा बुधवार रिडीमा भब्यरुपमा प्रथम लाखे महोत्सव सम्पन्न भएको थियो । जिल्लाका बिभिन्न १४ स्थानका लाखे नाच टोलीहरुको सहभागिता रहेको उक्त महोत्सवमा बिभिन्न समुहहरुले आ–आफ्नो सांस्कृती अनुसार रिडी बजारमा लाखे नाच प्रदर्शन गरेका थिए ।

धार्मिक तथा ऐतिहासिक स्थल रुरु स्थित रिडीको भक्तेनी टोलबाट सांस्कृतिक झाँकीको रुपमा सुरु भएको लाखे नाच रिडीको बजार परिक्रमा गर्दै खेलमैदानमा परिणत भएको थियो । रुरु बजारस्थित रहेको खेल मैदानमा औपचारिक रुपमा लाखे महोत्सवको कार्यक्रम गरिएको थियो । महोत्सवमा बिभिन्न लाखे टोलीले नाच प्रदर्शन गरेका थिए ।