२१ कार्तिक २०८३, शनिबार

प्रचण्ड र बाबुरामले प्रधानमन्त्रीलाई भने: असन्तुष्ट मधेसी र थारुलाई सहमतिमा ल्याउनुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachand-baburam-sushil-1काठमाडौँ, १७ भदौ । एकीकृत नेकपा (माओवादी)ले आन्दोलनरत असन्तुष्ट मधेश केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराईले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा यस अघि सहमति गरेका चारै पक्ष मिलेर सहमतिका आधारमा अहिलेकै प्रक्रियाभित्रबाट संविधान निर्माण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको नेता भट्टराईले जानकारी दिनुभयो । उहाँले सहमतिका लागि आफूहरुले पनि विभिन्न पक्षसँग सहजकर्ताको भूमिका खेलिरहेको बताउनुभयो ।

संविधान निर्माण प्रक्रियामा यही भदौ १९ गतेसम्म संशोधन प्रस्ताव दर्ताको अन्तिम समय रहेको र असन्तुष्ट मधेस केन्द्रित दलका प्रमुख नेताहरु राजधानीमा रहेकै बेला भएको सो भेटलाई महत्वका साथ हेरिएको छ । रासस