२१ कार्तिक २०८३, शनिबार

भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaइलाम, १७ भदौ । इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई प्रहरीले पक्राउ गरेको हो ।

इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन युवालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो ।

भारतको दार्जिलिङस्थित बतासेमा रहेको पिसिडी कम्पनीमा काम गर्न जान बताए पनि बेचबिखन हुने डरले प्रहरीले सीमावर्ती क्षेत्रबाट युवायुवतीलाई भारत जान दिएको छैन । बुधबार पक्राउ परेका उनीहरूलाई आफन्त बोलाएर जिम्मा लगाइने माइती नेपालले जनाएको छ ।

भदौयता उक्त नाकाबाट १९ युवतीको उद्वार गरिएको छ भने पाँच पुरुष पक्राउ परेका छन् ।

तीमध्ये दुई पुरुष र एक महिला स्थानीय एजेन्टका रुपमा काम गरी युवतीलाई भारत लैजाने गरिएको अनुसन्धानबाट खुलेको माइती नेपाल पशुपतिनगर आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिनुभयो । रासस