काठमाडौं, १७ भदौ । राजधानीमा कहलिएका गुण्डाका नाईके घैंटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि केही नेता, ठेकेदार र गुण्डालाई फाइदै फाइदा भएको छ ।
गुण्डागर्दी गरी घैंटेले थुपारेको अकुत सम्पत्ति बिना प्रमाण परिवारका कुनै पनि सदस्यलाई जानकारी नगराई अबैध रुपमा लगानी गर्दै आएको खुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
स्रोतका अनुसार घैंटेले गजुरमुखी निर्माण सेवा सबै एकलौंटी गर्ने रणनीति अनुसार सबै साझेदारलाई भुक्तानी चुक्ता गरिसकेका थिए ।
तर उनी इन्काउन्टरमा परेपछि उक्त कम्पनीमा कांग्रेस नेता अर्जुननरसिंह केसीको परिवार र दिपक गौतम परिवारको हालिमुहाली हुने भएको छ ।
त्यस्तै लाजिम्पाटमा रेष्टुरेन्ट घैंटेले रमेश कार्कीको नाममा खोलेका थिए । रेष्टुरेन्टसगै ट्राभल्सको काम गर्दै आएका कार्कीको अनुसन्धानको क्रममा अस्वभाविक कारोबार देखेपछि उनलाई महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । प्रहरीले घैंटेको सबै बैंक खाता राष्ट्रबैंक मार्फत मागिसकेको छ ।
नेपाली काग्रेसका नेता तथा सभासद धनराज गुरुङले घैंटेसँगै सापटी भन्दै पटक–पटक गरेर २५ लाख लिएको घैंटे निकट स्रोत बताउछ ।
नेपाली कांग्रेस खेलकुद् बिभाग प्रमुखसमेत रहेका गुरुङले नियमावली बिरुद्ध घैंटे लगायत अन्य दश जनालाई खेलकुद बिभागको सदस्य बनाएका थिए ।
पार्टीको बिधान अनुसार २० जना कार्यसमिती हुने बिभागमा गुरुङले आफू अनुकुल थप १० जना सदस्य भित्र्याएका हुन ।
पार्टीको बिधान बिपरित बनाएका सदस्यहरुमा कुमार श्रेष्ठ ‘घैंटे’, राजु श्रेष्ठ, सिंहबहादुर राणा मगर, तारा गुरुङ, देबेन्द्र शेरचन, चर्जु नारायण श्रेष्ठ, सम्यी तामाङ लगायत छन् ।
घैंटे जस्ता कहलिएका गुण्डालाई राजनीतिक संरक्षण र पद उपलब्ध गराउादै गुरुङले मनग्य असुल्दै आएका थिए । स्रोतका अनुसार गुरुङले सदस्य बनाए बापत घैंटेसँग ५ लाख लिएका थिए ।
त्यस्तै चन्दन तस्कर बिक्रम लामा र शान्ता महर्जनले घर जग्गाको कारोबार गर्ने भन्दै घैंटेसाग एक करोड लिएको अहिले खुलेको छ ।
घैंटेका सहयोगी समिरमान बस्नेत र प्रतिक श्रेष्ठलाई पनि झण्डै दुई करोड लगानी गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ।















प्रतिक्रिया