५ कार्तिक २०८३, बिहिबार

भ्रष्टाचारी नै लोकमानका सुराकी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-singh-karkiकाठमाडौं, १७ भदौ । ‘मेडिकल काउन्सिलमा रजिष्टारको भ्यालु छ । अहिले सबै बिगारेको रजिष्टारले नै हो । अख्तियारमा निवेदन हाल्ने पनि उनै हुन । साथीलाई मुद्दा हालेर अहिले उनी पावरमा छन् । अख्तियार मार्फत लागेर सबै कुरा बिगार्ने उनै हुन् । देवदह मामलामा उनी काउन्सिलका आफ्नै साथिहरुलाई मुद्दा हाल्ने काममा अख्तियार मार्फत लागे । सदस्यहरुलाई मुद्दा हालेर अहिले रजिष्टार काउन्सिलको पावरमा छन् । यिनले कसैलाई पनि बााकी राख्नेवाला छैनन् ।’

केही दिन अघि एक डिजिटल अनलाईनमा यूनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख ध्रुव पौडेलको अडियोसहित सार्वजनिक भएको अभिव्यक्ति हो यो । समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

पौडेलले भनेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्ना विरोधीलाई मुद्दा हालेर फसाउन ति रजिष्टार हुन् डा. निलमणी उपाध्याय ।

पछिल्लो समय अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सुराकी बनेर मेडिकल कलेजहरुमा आतंक मच्चाएको आरोप लागेका उपाध्यायको बारेमा यत्रो काण्ड मच्चिदा समेत कार्की कानमा तेल हालेर बसेका छन् ।

उपाध्यायको ठाउामा अरु कोही व्यक्ति हुादो हो त आफैमाथि यत्रो आरोप लाग्दा समेत चुप लाग्ने काकीले तुरुन्तै पक्राउ गरी अनुसन्धान गर्थे होलान् । तर आफ्नै सुराकी भएका कारण उपाध्यायमाथि अनुसन्धान गर्न कार्की हिचकिचाएका छन् ।

त्यसो त उच्च वहालवाला अधिकारी सहित २०० कर्मचारीको लकर रोक्न अख्तियारले राष्ट्रबैंकलाई निर्देशन दिएको दुई वर्ष वित्न लागिसक्यो ।

अख्यितरले दिएको सूचिमा उपाध्यायको नाम पनि थियो । तर यिनै भ्रष्टाचार उपाध्यया आज लोकमानका सारथी बनेको देख्दा अख्तियारकै कर्मचारीहरु जिब्रो टोक्ने गर्छन् ।

१० हजार रुपैयाा घुस खाएका सुब्बा, खरदारलाई पनि ‘रंगेहात पक्राउ’ भन्दै मिडीया बोलाएर सार्वजनिक गर्न नछोड्ने अख्तियार प्रमुख कार्कीले रातारात भ्रष्टाचार गरेर अरबौं सम्पत्तिका मालिक भएकाहरुलाई एक एक गरी उन्मुत्ति दिएका कारण अख्तियारमा उनको तिब्र विरोध भइरहेको छ ।