५ कार्तिक २०८३, बिहिबार

मुन्द्रेहरूलाई खुसीको खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । कपाल पाल्ने र मुन्द्रा लगाउन मन पराउने युवाका लागि खुसीको खबर । जति पनि लामो कपाल पाल्नुस् र मुन्द्रा लगाउनुस्, तपाईंलाई प्रहरीले समात्न पाउनेछैन ।

प्रहरीले युवाले पालेको कपाल काटिदिन थालेपछि त्यसलाई रोक्न माग गर्दै दुई वर्षअघि परेको रिटमा सर्वोच्चले फैसला गरेपछि अब संवैधानिक हककै रुपमा कपाल पाल्न पाउने अधिकार सुरक्षित भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

कपाल पाल्नु, मुन्द्रा लगाउनु वा मन परेको भेषमा आफूलाई प्रस्तुत गर्नु व्यक्तिको स्वतन्त्रता र मौलिक हक भएकाले आइन्दा कसैलाई समातेर कपाल काट्न नलागाउन बुधबार सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको छ ।