५ कार्तिक २०८३, बिहिबार

एक अक्षर फरक पर्दा भट्टले २० हजार खर्चिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकाठमाडौं, १७ भदौ । निरन्तरको बन्द छल्दै कैलालीका माणिक भट्ट छोराको शैक्षिक प्रमाणपत्र सच्याउन ३ दिन लगाएर मुस्किलले काठमाडौं आइपुगे ।

प्रवेशिक परीक्षाको प्रमाणपत्रमा छोराको नाममा एक अक्षर गल्ती भएपछि सच्चाउन भट्टले यति ठूलो रकम जम्मा गरेर लामो दुरीको यात्रा तय गर्नुपरेको हो ।

एक सातापछि मात्र प्रमाणपत्र आउने भएकाले उनी कुरेर बसेको समाचार राजधानी दैनिकले छापेको छ ।

आफूले सही नाम लेख्दा पनि कर्मचारीले टाइपमा गरेको गल्तीका कारण उनले नचाहेर पनि काठमाडौं धाउनुपरेको हो । एक अक्षर फरक पर्दा भट्टले झन्डै २० हजार खर्चिनुपरेको छ ।