काठमाडौँ, १६ भदौ । सरकारले अनशनरत डा गोविन्द केसीलाई माथेमा कार्यदलका सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट गर्दै अनशन त्यागेर काममा फर्कन आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गरी “चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२” कार्यान्वयन गर्न सम्बन्धित निकायमा पठाइसकिएको जनाएको छ ।
स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको सुधारमा नेपाल सरकार सदैव सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै सरकारले डा केसीलाई अनशन तोडेर जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा सम्बद्ध क्षेत्रलाई थप ऊर्जा प्रदान गर्न अनुरोध गरेको छ । रासस















प्रतिक्रिया