९ कार्तिक २०८३, सोमबार

मंसिरदेखि हस्तलिखित पासपोर्ट नचल्ने, एमआरपी बनाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passportकाठमाडौँ, १६ भदौ । राहदानी विभागले आगामी मङ्सिर ८ गतेपछि हस्तलिखित राहदानी अमान्य हुने जनाउँदै जति सक्दो चाँडो यन्त्रले पढ्ने राहदानी (मसिन रिडेबल पासपोर्ट, एमआरपी) बनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

विभागले आज सूचना जारी गर्दै हस्तलिखित राहदानीमा विदेशमा रहेका आफन्तजनलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमा सम्पर्क गरी एमआरपी बनाउने सूचना प्रवाह गर्न अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमानुसार आगामी नोभेम्बर २४ पछि हस्तलिखित राहदानी अमान्य हुने भएकाले सम्बद्ध सबैलाई एमआरपी बनाउन विभागले अनुरोध गरेको हो । रासस