भक्तपुर, १६ भदौ । नेकपा (माले)का महासचिव सिपी मैनालीले अहिलेको पाँच विकास क्षेत्रलाई नै सङ्घीय प्रदेश बनाउँदा उत्तम हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा अहिलेको आन्दोलन र विवादको समाधान पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनु हो भन्नुभयो ।
महासचिव मैनालीले हिमाल, पहाड र तराई मिलेको पाँच विकास क्षेत्रलाई पाँच प्रदेशमा विभाजन गर्नु सुरक्षाको दृष्टिकोणले समेत राम्रो भएको बताउनुभयो । रासस












प्रतिक्रिया