काठमाडौँ, १६ भदौ । तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सहज वातावरण बनेको खण्डमा वार्तामा बस्न सकिने जनाउ दिनुभएको छ ।
बिजुलीबजारस्थित आफ्नै कार्यालयमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले तराईमा भइरहेको अशान्ति र अराजकस्थिति सामान्य अवस्थामा आए मात्र वार्ताको वातावरण बन्ने बताउनुभयो ।
तराईका विभिन्न स्थानमा परिचालन गरिएका सुरक्षा निकाय र निषेधाज्ञा फिर्ता भई, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र घाइतेको निःशुल्क उपचार तथा मृतक परिवारलाई राहत दिने प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने मुख्य शर्त ।
उहाँले वार्ताका लागि तराईका विभिन्न स्थानमा परिचालन गरिएका सुरक्षा निकाय र निषेधाज्ञा फिर्ता भई, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र घाइतेको निःशुल्क उपचार तथा मृतक परिवारलाई राहत दिने प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने खाँचो औँल्याउनुभयो ।
‘राज्यसँग विगतमा भएका सम्झौता र समझदारी पालना भएको छैन । फेरि अर्को सम्झौता के का लागि ? त्यसैले मधेसीसँग तत्कालीन सरकारले प्रमुखदलसहित गरेका सम्झौता पालना गर्ने प्रतिबद्धता आउनुपर्छ, तब मात्र सहमतिको वातावरण बन्छ,”–उहाँले भन्नुभयो ।
उहाँले मधेसमा शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मी परिचालन गरेर गाउँसम्मको वातावरण अराजक र हिंसात्मक अवस्था सिर्जना भएको भन्दै यो तत्काल बन्द हुनुपर्नेमा जोड दिनुभयो ।
क्लबका अध्यक्ष ऋषि धमलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गरी मधेस केन्द्रित दलहरुलाई सरकारसँग वार्ताका लागि सहज वातावरण बनोस् भनेर खबरदारी गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाइएको बताउनुभयो । रासस
















प्रतिक्रिया