९ कार्तिक २०८३, सोमबार

आन्दोलनकारीले प्रहरी बिट जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

agoगौशाला, १६ भदौ । बिहानैदेखि नारा जुलुस र प्रहरीमाथि ढुङ्गामुढा गर्दै आन्दोलन चर्काउँदै गएका महोत्तरीका आन्दोलनकारीले आज दिउँसो सदरमुकाम जलेश्वरको जिरोमाइलमा अवस्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।

पचास बढी सङ्ख्यामा गएका आन्दोलनकारीले जलेश्वरको वडा नं ४ स्थित जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिटलाई पल्टाउँदै बिटमा आगजनी गरी ध्वस्त बताएका छन् ।

चारैतिरबाट काठ र माथिबाट जस्तापाताले बनाइएको प्रहरी बिटमा आन्दोलनकारीले पेट्रोल छर्कदैँ आगजनी गरी नष्ट बनाएका हुन् ।

साथै सो बिटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्दै प्रहरीलाई धपाएको समेत आन्दोलनकारीले जनाएका छन् ।

यता प्रहरी उपरीक्षक सौरभ राणाले प्रहरी बिट खाली रहेका बेला आन्दोलनकारीले बिटमा आगजनी गरेको बताउनुभयो ।

विगत १९ दिनदेखि चर्किदै गएको आन्दोलनले महोत्तरीमा मङ्गलबारदेखि उग्ररुप लिएको छ भने अहिले सदरमुकाम जलेश्वरको अवस्था तनाबग्रस्त बनेको छ । रासस