काठमाडौं, १६ भदौ । कैलालीको टीकापुर घटनापछि गृहमन्त्री वामदेव गौतमलाई ‘फाँसीमा झुण्ड्याछौं’ भन्ने जनजाति नेता आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
समाजिक सञ्जालमा जथाभावी कुरा लेखेर सामाजिक सदभाव भड्काउने खोज्ने जनजाति महासंघका पूर्व महासचिव शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोली बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।
शेर्पालाई पक्राउ गरेर अपराध महाशाखाको टोलीले उनीमाथि ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरिरहेको छ ।
कैलालीको टीकापुर घटनापछि विभिन्न माध्यमबाट सामाजिक सदभाव भड्काउने कार्य भइरहेको भन्दै केही दिनयता प्रहरीले सामाजिक सञ्जाल, अनलाईन र ब्लकमा कडा निगरानी राखेको छ ।
















प्रतिक्रिया