९ कार्तिक २०८३, सोमबार

दैलेखमा पहिरोका कारण ३७ परिवार विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pahiero (2)दैलेख, १६ भदौ । अबिरल वर्षाका कारण पहिरो जान थालेपछि दैलेख जिल्लाको जगनाथ–२ मुसारीका ३७ परिवार विस्थापित भएका छन् ।

लगातार वर्षाले किसानको घरबारीमा क्षति हुन थालेपछि स्थानीय घरवार छोडेर आफन्तको शरणमा पुगेका छन् । तुर्सुमाका ११, रुमका १३ वटा र वडा नं ५, बुचिका ११ र वडा नं ४ का दुई घर पहिरोको जोखिममा छन् ।

नमुनाबस्तीका विस्थापितले पाए पाल

पहिरोले नारायण नगरपालिका–६ नमुनाबस्तीका विस्थापित वादी परिवारले बस्नका लागि पाल पाएका छन् । जिल्ला दैवीप्रकोप तथा उद्धार समितिमार्फत उक्त पाल पाएका हुन् ।

जिल्लामा कार्यक्षेत्र बनाएका दुई गैरसरकारी संस्थाले उक्त पाल समितिमार्फत वादी परिवारलाई दिएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा सोसेक र साहस नेपाल संस्थाले ४२ वटा पाल वितरण गरेका हुन् ।

दुवै संस्थाले २१ वटाका दरले ४२ वटा पाल उपलब्ध गराएका हुन् । पाल नहुँदा हप्ता दिनसम्म नयाँ निर्माण भइरहेका सरकारी भवनमा वादी परिवार आश्रय लिएर बसेका थिए ।

नेपाल रेडक्रस सोसाइटी, नगरपालिका, नेपाल प्रहरी र सेनाको सहयोगमा ४० घरपरिवारका लागि टहरा बनाइने निर्णय भएको जिल्ला दैवीप्रकोप तथा उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।

सरकारी भवनमा बसिरहेका विस्थापित ४० वादी परिवारलाई नयाँ बसपार्क र पुरानो बसपार्कमा राखिने तयारी भइरहेको छ । उनीहरुलाई टहरा बनाएर सरकारी भवनबाट सारिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

नमुना बस्तीमा ६५ घर रहेका छन् । तीमध्ये अति जोखिम भएका ४० घर विस्थापित भएका हुन् । बस्तीमा बाँकी २५ घर पानी परेका बेला जाग्राम भएर बस्ने गरेको वादी युवा पदम बताउनुहुन्छ । रासस