९ कार्तिक २०८३, सोमबार

खलासीले चलाएको ट्रकले राजधानीमा पैदलयात्रीलाई किच्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १६ भदौ । खलासीले चलाएको निसान ट्रकको ठक्करबाट भक्तपुरमा आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

इँटा बोकेको बा३ख ७७ नम्बरको निसान ट्रकको ठक्करबाट पैदल यात्री सिस्नेरी–८, ओखलढुङ्गा घर भई भक्तपुर जगाती बस्ने २६ वर्षीय विनोद राईको मृत्यु भएको हो ।

ठक्कर दिएलगत्तै उपचारका लागि मध्यपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा निजको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो ।

ट्रक चलाउने नुवाकोट बेतिनी घर भई भक्तपुर बस्ने १९ वर्षीय खलासी दावा तामाङ र ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उहाँले बताउनुभयो । रासस