काठमाडौं, १६ भदौ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य भेटवार्ता भएको छ ।
पत्रकारहरुलाई जानकारी नदिएरै बुधबार राजधानीको एक गोप्य स्थानमा ओली र प्रचण्डबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । भेटवार्तामा ओली र प्रचण्डबीच संविधान निर्माण प्रक्रिया, मधेस आनदोलन, थारु, आदिवासी जनजातीको आन्दोलनलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार असन्तुष्ट आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै संविधान निर्माण प्रक्रियालाई टुङ्गो लगाएर देशलाई अगाडि बढाउने विषयमा एमाले र एमाओवादीबीच समझादारी समेत भएको छ । ‘संविधान निर्माण प्रक्रिया, देशभरी भइरहेका आन्दोलन र निकासका बारेमा गम्भीर छलफल भएको छ,’ स्रोतले भन्यो-‘अब एमाले र माओवादी मिलेर जाने समझदारी भएको छ ।’
गोप्य भेटवार्तामा एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत दोस्रो तहका केही सिमित नेताहरुको मात्रै सहभागिता थियो ।















प्रतिक्रिया