९ कार्तिक २०८३, सोमबार

पानीकै लागि एक घन्टा हिँड्नुपर्ने बाध्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paniजाजरकोट, १६ भदौ । जाजरकोटको एक दुर्गम गाउँका स्थानीयवासी खानेपानीको अभावमा निकै समस्यामा परेका छन् ।

जिल्लाको खगेनकोट–९ मङ्सिरीका करिब ४० घरधुरी नजिक खानेपानी नहुँदा पानीका लागि एक घन्टा हिँड्न बाध्य हुँदै आएका छन् ।

बर्सेनि बर्खायाम र हिउँदयाममा यहाँका स्थानीयवासी खानेपानीको नहुँदा मारमा पर्दै आएको हिमालय प्रावि मङ्सिरीका निमित प्रधानाध्यापक हरिबहादुर सिंहले जानकारी दिनुभयो ।

मङ्सिरीका जनता वर्षौंदेखि खानेपानीको समस्याले गर्दा फोहोर खोलाको पानी खाँदा बेलाबेलामा विभिन्न पानीजन्य रोग लाग्ने गरेको सिंहले बताउनुभयो ।

मानिस र पशुचौपायालाई खानेपानीको स्रोत एउटै हँुदा पानीको निकै अभाव हुने गरिएको छ ।

पानीको मूल भएको भेगुनी खोला निकै अप्ठ्यारो र भिरालो ठाउँमा भएका र पानीको मूलनजिक नहुँदा यहाँका स्थानीयवासी खानेपानीको मारमा परेका हुन् ।

गाउँ, वडा र बस्ती स्तरको योजना छनोट गर्दा खानोपानीको समस्याको योजना छनोट गरी गाउँ परिषद्मा पठाउन लागेको वर्षौं बिते पनि सरोकारवालाको ध्यान नपुग्दा समस्यामा परेको स्थानीयवासीको भनाइ छ ।

अहिलेसम्म यो अति दुर्गम क्षेत्र भएकाले यहाँ कुनै पनि नेता तथा सरकारी कर्मचारी आएर कुनै सरकारी सेवा नदिएको यहाँका नागरिकको गुनासो रहेको छ । रासस