२८ आश्विन २०८३, बुधबार

वेष्ट रेमिट र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । वेष्ट रेमिट नेपाल प्रालि र प्राइम बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ ।

रेमिट्यान्स सम्वन्धीको सम्झौतामा वेष्ट रेमिटका प्रमुख संचालन अधिकृत अनिल कुमार कर्ण र प्राइम बैंकका महाप्रवन्धक संजिव मानन्धरले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै विश्वका विभिन्न देशवाट वेष्ट रेमिट मार्फत आएको रेमिट्यान्स रकम मुलुकका विभिन्न भागमा रहेका प्राइम बैंकका ३२ शाखावाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ । नेपालका दुर्गम जिल्लाहरुमा समेत शाखा भएको प्राइमसँगको सम्झौताले ग्रामिण भेगका सेवाग्राहीहरुलाई रेमिट्यान्स भुक्तानीमा थप सहज हुने वेष्ट रेमिटले जनाएको छ ।

सम्झौतापछि वेष्ट रेमिटका प्रमुख संचालन अधिकृत कर्णले प्राइम बैंकसँगको सम्झौताले ‘माइलस्टोन’ को भूमिका खेल्ने बताउदै रेमिट्यान्स भुक्तानीमा थप सहज हुने विश्वास व्यक्त गरे । उनले भने – ‘आगामी दिनमा रेमिट्यान्स कारोवारलाई जनस्तरमा वैकिङ च्यानलवाट पुर्‍याउन वेष्ट रेमिट क्रियाशिल रहने छ ।’ उनले छिट्टै अष्ट्रेलिया, युरोप तथा खाडीका अन्य मुलुकबाट पनि रेमिट्यान्स सेवा शुरु गर्न लागेकाले यो सम्झौताले वेष्ट रेमिटको सरल र छिटो रेमिट्यान्स भुक्तानी अभियानलाई सार्थक तुल्याउन मद्धत पुर्‍याउने बताए । ‘विदेशमा कडा परिश्रम गरेर नेपालीले पठाएको दुःखको कमाई उनीहरुको घरपरिवारमा पुर्‍याउन यो सम्झौताले थप सहज हुने छ’ प्राइम बैंकका महाप्रवन्धक मानन्धरले भने ।