
काठमाडौं, १६ भदौ । नयाँ संविधानको विधेयकमा लैजाने संशोधन प्रस्ताव, संविधान निर्माण एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा नयाँ संविधानको विधेयकमा लगिने संशोधन प्रस्तावका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले व्यक्तिगत रुपमा संशोधन प्रस्ताव लैजाँदा पारित नहुने भन्दै पार्टीगत रुपमा संशोधन प्रस्ताव दर्ता गराउन आफ्ना सभासदहरूलाई निर्देशन दिइसकेको छ ।
बैठकमा तराईका जिल्लाहरूमा जारी विभिन्न दल र समूहको आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।
कांग्रेसले आफ्ना सभासदहरूलाई पार्टीको १३ औँ महाधिवेशन स्थागित भएका विषयमा पनि जानकारी गराउनेछ ।












प्रतिक्रिया