काठमाडौं, १६ भदौ । सदभावना पार्टीका महासचिव मनीष सुमनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई शीर्ष नेता उपेन्द्र यादव र महन्त ठाकुर थाकाइमार्न राजाधनी आएको आरोप लगाउनुभएको छ ।
आज बिहान नेपाल वाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै महासविच सुमनले भन्नुभयो, ‘उपेन्द्र यादव र महन्थ ठाकुर मधेश आन्दोलनबाट थकाइमार्न राजाधनी आउनु भएको हो ।’ उहाँले आफ्नो पार्टीको अध्यक्ष राजेन्द्र महतो मधेशीमा आन्दोलनको नेतृत्व गरिरहेको बताउनुभयो ।
अहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर राजधानीमा हुनुहुन्छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वीरगञ्जमा हुनुहुन्छ ।
सरकारले वार्ताका लागि अह्वान गरेका विषयमा महासचिव सुमनले आफूहरू राजधानीमा बसेर सरकारसँग वार्ता नगर्ने बताउनुभयो । ‘वार्ता राजधानीमा हुँदैन । मधेशमा गर्नुपर्छ’, उहाँले भन्नुभयो । महासचिव सुमन पनि दुई दिनदेखि राजधानीमा हुनुहुन्छ ।
सुमनले उपेन्द्र यादव र महन्त ठाकुर वार्ताका लागि राजधानी नआएको दावी गर्नुभयो । यादव र ठाकुर वार्ताका लागि आउनुभएको होला नी ? भन्ने जिज्ञासामा सद्भावना पार्टीका महासचिव सुमनले भन्नुभयो, ‘उहाँहरू वार्ताका लागि आउनु भएको होइन ।’
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारप्रति आक्रामक देखिनुभएका सुमनले गच्छदारलाई लोभलालचमा फेसकेका नेताको संज्ञा दिनुभयो ।















प्रतिक्रिया