५ कार्तिक २०८३, बिहिबार

कांग्रेसले किन पूर्व राजालाई दोष लगाउँदैछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-shahकाठमाडौं, १६ भदौ । कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले भदौ मसान्तसम्म संविधान जारी हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्रमै खतरा हुने भन्दै नेतृत्वलाई सबै पक्षसँग वार्ता गरेर तत्काल संविधान जारी गर्न आग्रह गरेका छन्।

मंगलबार संविधानसभा भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरूले यो संविधानसभाले संविधान जारी गर्न सके मुलुकमा राजतन्त्र समाप्त भएर गणतन्त्र कार्यन्वयन हुने तर संविधान जारी हुन नसके फेरि फर्केर आउने खतरा रहेको धारणा पनि राखेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘अहिलेको दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसके राजनीतिक कोर्स पछाडि फर्कने र त्यसले हटेका राजा पनि फेरि आउन सक्ने खतरा रहेको सबैको धारणा थियो’, बैठकपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने, ‘अहिले पूर्वराजाका नजिक रहेका व्यक्तिहरू जनतालाई उत्तेजित पार्ने गरी अघि बढेकाले त्यसलाई सरकारले रणनीतिक हिसाबले टुंग्याउनुपर्ने धारणा आएको छ।’

बैठकमा बोल्ने सदस्यहरूले संविधानसभामा पेस भएको नयाँ संविधानको विधेयकलाई अझै राम्रो बनाउन जरुरी रहेको भन्दै प्रमुख दलहरूबीच सहमति गरेर सयुक्त संशोधान प्रस्ताव पेस गर्न सुझाव दिएका छन् ।

‘संविधानसभाभित्र र बाहिर उठेका मागलाई सम्बोधन गर्न कांग्रेस उदार र लचिलो हुनुपर्छ’, खाँडले भने, ‘चार दलको सहमतिमै ती सबैको माग पूरा हुने गरी तत्काल संशोधान प्रस्ताव दर्ता गरेर आन्दोलन फिर्ता गराउनुपर्ने सुझाव पनि बैठकमा आएको छ।’