काठमाडौं, १६ भदौ । पुनरावेदन सरकारी वकिलको कार्यालयले व्यापारी अपहरण तथा शरीर बन्धक संलग्न रहेको आरोप लागेका श्यामसुन्दर गुप्तालाई १७ वर्षसम्म कैद सजाय हुनुपर्ने जिकिर गर्दै पूनरावेदन दर्ता गराएको छ।
पूर्व मन्त्रीसमेत रहेका गुप्तालाई जिल्ला अदालतले आफ्नै नजिर कुल्चँदै कम सजायको फैसला गरेको भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन अदालत पाटनमा जिल्लाको फैसला खारेजीको माग गर्दै मुद्दा दर्ता गराएको हो।
सरकारी वकिलको कार्यालय व्यापारी पवन संघाई अपहरण गरेको मुद्दामा पूर्वमन्त्री गुप्ता लगायतलाई कम सजाय दिने फैसला गरेपछि असन्तुष्टी जनाउँदै जिल्लाको फैसला बदर गरी सजाय गर्न माग गरिएको समाचार नागरिक दैनिकले छापेको छ ।
अपहरण मुद्दामा ७ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था भए पनि जिल्ला अदालतले उपहरण उद्योग देखिएको भन्दै गुप्ताविरुद्ध कम सजाय हुने फैसला सुनाएको थियो।















प्रतिक्रिया