काठमाडौं, १६ भदौ । कांग्रेसको आसन्न १३ औं महाधिवेशन अनिश्चित समयका लागि स्थगन गरिएको छ ।
संविधान लेखन र मुुलुकमा बढ्दो राजनीतिक गतिरोधका कारण पूर्वघोषित तिथिमा गर्न नसक्ने भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय लिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
असोज २ देखि ५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय भएको थियो । महाधिवेशनको नयाँ मिति संविधान संशोधन भएपछि वा नयाँ संविधान जारी भएपछि मात्र तोकिने बताइएको छ ।
अन्तरिम संविधानको व्यवस्थाअनुसार नयाँ प्रत्येक ५ वर्षमा पार्टीको महाधिवेशन हुनुपर्छ ।
५ वर्षभित्र महाधिवेशन गर्न नसकेपछि कांग्रेसले अन्तरिम संविधान संशोधनमा अन्य पार्टीलाई सहमत बनाउने प्रयास गरिरहेको छ ।
















प्रतिक्रिया