काठमाडौं, १६ भदौ । एमाओवादीले संविधान निर्माणमा पछिल्लो पटक देखा परेका बाधा पन्छाउदै अघि बढ्न अग्रसरता लिने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा मंगलबार साझ बसेको पदाधिकारी बैठकले पछिल्लो अवधिमा उठेका केही राजनीतिक मुद्दाहरुबारे आफ्नो दलसहित सोह्रबुदे सहमतिका साझेदारबीच समेत सहमति हुन बाँकी रहेको भन्दै बाकी असन्तुष्ट दलका एजेन्डाबारे समेत छलफल हुनुपर्ने धारणा बनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
बैठकले आफ्नो दलसहित १६ बुदेँ सहमतिका साझेदारबीच समेत सहमति हुन बाँकी रहेका विषयमा समझदारी गर्न समेत पहल गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।















प्रतिक्रिया