काठमाडौँ, १५ भदौ । विभिन्न चिकित्सा कलेजसँग सम्बन्धित कर्मचारीले प्रा डा गोविन्द केसीको आमरण अनशन उचित नभएको जनाउनुभएको छ ।
आज आयोजित साक्षात्कारमा उहाँहरुले माथेमा आयोगको प्रतिवेदनमा पनि चिकित्सा कलेजमा काम गर्ने कर्मचारीको वृत्तिविकासलाई नै रोक्ने खालको बुँदा कार्यान्वयन गर्न नहुने बताउनुभयो ।
उहाँहरुको भनाइ छ, “माथेमा प्रतिवेदन हुबहु कार्यान्वयन भएमा देशमा रहेका १७ चिकित्सा कलेजका १५ हजार कर्मचारीको रोजीरोटीमा असर पर्छ र त्यसको प्रभाव उनीहरुका एक लाख आफन्तलाई पर्छ ।”
काठमाडौँ मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष मेघराज खड्काले चिकित्सा कलेजमा विद्यार्थी सङ्ख्या घटाउने र शुल्क घटाउने सिफारिस ठिक नभएको बताउनुभयो । केही चिकित्सा कलेज खराब भए पनि सबै खराब नभएको उहाँको तर्क थियो । रासस















प्रतिक्रिया