काठमाडौं, १५ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय लिएर सांसद्ले संविधानको अन्तिम मस्यौदाका सन्दर्भमा तराई–मधेसलगायत क्षेत्रबाट उठेका आवाज सम्बोधन गर्न वार्तामा बस्न सरकारसँग आग्रह गर्नुभएको छ ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का जनकराज चौधरीले टीकापुर घटना निन्दनीय रहेको बताउँदै टीकापुर क्षेत्रका थारु समुदायका घर घरमा प्रहरी प्रवेश गरी पक्रन सुरु गरिएकामा आपत्ति जनाउनुभयो । रासस
















प्रतिक्रिया