२१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा पनि निषेधित क्षेत्र घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

policeकाठमाडौं, १५ भदौ । आफ्नो अधिकारको माग राख्दै तराईमा चर्किरहेको आन्दोलन र हिंसात्मक गतिविधीलाई मध्यनजर गर्दै काठमाडौंमा पनि सतर्कता अपनाइएको छ ।

सुरक्षा संवेदनशीलतालाई भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपतिको शीतलनिवास र आसपासका थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

घोषणा गरिएको निषेधित क्षेत्र सोमबारबाट लागू भएको छ । उक्त क्षेत्रमा नारा, जुलुस, प्रदर्शन सभा सम्मेलन केही पनि गर्न पाइनेछैन् । प्रशासन कार्यालयका अनुसार राष्ट्रपति कार्यालय शीतलनिवास कम्पाउण्डको उत्तरतर्फ ५० मिटर तथा दक्षिणतर्फ पानीपोखरी जाने नेपाल प्रहरीको २ नम्बर गण जाने बाटोसम्म निषेधित तोकिएको छ ।

उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास र सभामुख निवास आसपासमा पनि निषेधित लागू गरिएको छ । संविधानसभा भवन बानेश्वरको दक्षिणतर्फ पूर्वी कुना, दक्षिणमा मीनभवन क्याम्पस जाने बाटोको पश्चिम कुनादेखि पश्चिममा बानेश्वर चोकबाट ७५ मिटर पश्चिमको सडकसम्म निषेधित तोकिएको छ ।

पश्चिमतर्फ थापा गाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र तोकिएको स्थानीय प्रशासनले जनाएको छ । यसैगरी भद्रकाली मन्दिरपूर्व तीनकुने आइल्याण्डको पूर्वी कुनादेखि पूर्व सिंहदरबार मूलगेटसम्म, मूलगेट अगाडिदेखि पद्मोदय माविको मोडसम्म, मूलगेट अगाडिदेखि दक्षिणतर्फ माइतिघर मण्डलासम्म र बबरमहलस्थित जिल्ला अदालत प्रवेश मार्ग हुँदै जिल्ला प्रशासन कार्यालय, हनुमान मन्दिर क्षेत्रमा पनि निषेधित घोषणा गरिएको छ ।

माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थानसम्म पनि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखेरलले ‘निषेधित क्षेत्रमा जुलस, धर्ना, हुलदंगा गर्न नपाईने र त्यसो गरेमा सुरक्षाकर्मीले बल प्रयोग गर्ने जानकारी दिनुभयो ।