९ कार्तिक २०८३, सोमबार

मामाघर लगिदिन्छु भनी यसरी भयो पोखराको होटलमा बालिकाको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeपोखरा, १५ भदौ । पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ ।

शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी पोखराको पृथ्वीचोकस्थित एक होटलमा ल्याई साउन २९ गते जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले शाहलाई करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रासस