२१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा प्रहरीको फायरबाट थप एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Police
फाइल तस्वीर

वीरगञ्ज, १५ भदौ । कर्फ्यू तोडेर निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि वीरञ्जमा प्रहरीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तामाथि हवाई फायर गरेको छ ।

प्रहरीको गोली लागेर मंगलबार राधेमाइ चोकमा ३० वर्षीय धर्मराज सिंहको मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको थियो । अर्का एकजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका देवराज सिंहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । देवराजको घाँटीमा गोली लागेको छ ।

वीरगञ्जमा सोमबार पनि प्रहरीको गोली लागेर पर्सा मनियारीका ३० वर्षीय दिलीप चौरसियाको मृत्यु भएको थियो । छुट्टै प्रदेशको माग राख्दै मोर्चाले मधेसमा आन्दोलन चर्काउँदै लगको छ ।