२१ कार्तिक २०८३, शनिबार

मधेशी मोर्चाको आन्दोलन अराजक बन्दै, आन्दोलनकारीले वीरगञ्जमा के के लुटे ? (सूचीसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung

पर्सा, १५ भदौ । वीरगञ्ज उपमहानगरपालिका–१७ गण्डक र प्रतिमा चोकमा कर्फ्युको अवज्ञा गर्दै बन्दकर्ताले आज बिहान प्रहरी टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर गरेको छ ।

बन्दकर्ताले बिहान वीरगञ्ज उपमहानगरपालिका–१३ स्थित अस्थाई प्रहरी पोष्ट समसानघाटमा प्रवेश गरी खाट, दराज, कुर्सी, भर्टेक्स सेटको चार्जर, व्याट्री, इन्भर्टर, लत्ता कपडा बाहिर निकालेर जलाउनुका साथै १३ हजार रुपियाँ लुटेर लगेको प्रहरीले जनाएको छ ।

यसैगरी बन्दकर्ताले सोही उपमहानगरपालिका–१४ मा रहेको सुरक्षा बेश रानीघाटमा प्रवेश गरी खाट, टेबुल, कुर्सी, हर्नेटको म्याग्जिन, हेण्ड सेट चार्जर, साइकलहरू, लत्ता कपडा बाहिर निकालेर जलाउनुका साथै ९० हजार २ सय रुपियाँ समेत लुटेर लगेका छन् ।

बन्दकर्ताले अस्थाई प्रहरी पोष्ट गण्डक, सामुदायिक बिट छपकैयासमेत तोडफोड गरेका छन् ।

वीरगञ्ज उपमहानगरपालिका–४ बिर्तास्थित पार्किङ गरी राखेको ना.१ ज २७९ नम्वरको जिपमा पनि आगजनी गर्दा जलेर क्षति भएको छ ।

यसअघि सोमबार वीरगञ्ज उपमहानगरपालिका–१६ स्थित जिविसको कार्यालय भवनमा प्रवेश गरी बन्दकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

हवाइ फायर गर्दा ३५ वर्षीय दिलीप चौरसियाको दाया कोखामा, ३२ वर्षीय पान्नालाल यादवको घुँडामा र ३५ वर्षीय जाकिर मियाको घाँटीमा गोली लागेको थियो ।

गोली लागेर घाइते भएका दिलीप चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाइ छ ।

घाइते जाकिर मियालाई थप उपचारको लागि आज विहान बीर अस्पताल काठमाडौंमा पुराइएको छ ।

झडपमा ढुंगा लागेर ९ जना प्रहरी कर्मचारी तथा १५ जना प्रदर्शनकारी समेत घाइते भएका थिए ।

बन्दकर्ताहरुले गण्डकमा रहेको गण्डक सिचाई कार्यालयमा समेत भित्र प्रवेश गरी ढुंगामुढा गरेकोले प्रहरीले हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच, आन्दोलनकारीले सोमाबार राति वीरगञ्ज उपमहानगरपालिका–३ ईदगाह चोकमा रहेको पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको शालिकसमेत तोडफोड गरी पूर्ण रुपमा क्षतिग्रस्त बनाएका छन् ।

बारा गढीमाई नगरपालिका–७ मा लुकीछिपी बसका आन्दोलनकारीले बा.१ ग २२१० नम्वरको बसमा हेटौँडाबाट थप मद्दतका लागि गएको टोली चढेको बसमा ढुंगामुढा गर्दा प्रहरी जवान अर्जुन सिलवालको तल्लो ओठ काटिनुको साथै ४ वटा दाँत भाँच्चिएको छ । सिलवाललाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगञ्जमा लगिएको छ ।