२१ कार्तिक २०८३, शनिबार

मधेशी मोर्चा कार्यकर्ताद्वारा कांग्रेस महोत्तरीको कार्यालयमा आक्रमण, ढोका फुटाएर प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedगौशाला, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेपाली कांग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् ।

बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित कांग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड गरेका हुन् ।

मोर्चाका कार्यकर्ताले सो पार्टी कार्यालयको एउटा कोठाको ढोका फुटाएर त्यसभित्र रहेका टेबुल, कुर्सी, कागजात र ग्यास सिलिन्डरलगायतका सामग्री नष्ट गरेका छन् ।

त्यसैगरी, सो पार्टी कार्यालयका शौचालयमा पनि पूर्णरुपमा क्षति पु¥याएका छन् । यता जिल्ला निर्वाचन कार्यालयका बोर्ड पनि उनीहरुले उखेलेर तोडफोड गरी फालेका छन् ।