२१ कार्तिक २०८३, शनिबार

मधेशी मोर्चाका कार्यकर्ताले गिरिजाप्रसादको शालिक तोडफोड गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girija_20121020080930वीरगञ्ज, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्जस्थित स्व.गिरिजाप्रसाद कोइरालाको शालिकमा तोडफोड गरेर क्षति पुर्‍याएका छन् ।

मोर्चाका कार्यकर्ताले सोमबार राति वीरगञ्ज उपमहानगरपालिका–३ ईदगाह चोकमा रहेको पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड गरी पूर्ण रुपमा क्षतिग्रस्त बनाएको प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेशी मोर्चाको तोडफोडबाट गिरिजाप्रसाद कोइरालाको शालिक पूर्ण रुपमा क्षति भएको पर्सा कांग्रेसले पनि जनाएको छ ।

कर्फ्यु लागेका समयमा पनि मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका थिए ।

स्व.गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड भएकोमा कांग्रेस गम्भीर आपत्ति जनाएको छ ।