३० आश्विन २०८३, शुक्रबार

ठगी गर्ने म्यानपावरमा पेट्रोल छर्केर आगजनी, चार घाइते, एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baideshik_rojgarकाठमाडौं, १५ भदौ । वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भनि ठगी गरेपछि आक्रोशित भएका एक युवकले काठमाडौंस्थित एक म्यानपावर कम्पनीमा पेट्रोल छर्केर आगजनी गरेका छन् । आगजनीका क्रममा जलेर चार जना घाइते भएका छन् ।

म्यानपावर कार्यालयमा आगजनी गरेको अभियोगमा प्रहरीले मोरङ पथरिया–१ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सोमनाथ नेपाललाई पक्राउ गरेको जनाएको छ ।

सोमनाथले सोमबार काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित मन्टेश म्यानपावरमा आगजनी गरेका हुन् ।

आफूलाई विदेश उडाइदिन्छु भनि नउडाएपछि सोमनाथले म्यानपावर कम्पनीको कार्यालयभित्र पेट्रोल छर्केर आगो लगाएका हुन् ।

आगोले जलेर वैतडी घर भई कोटेश्वर बस्ने २४ वर्षीय केशव पन्तसहित ४ जना घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि नोवेल अस्पताल सिनामंगलमा लगिएको छ ।

आगलागीबाट म्यानपावरको कार्यालयमा रहेका करीव ३ लाख रुपियाँ वरावरको सामान जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो ।