पोखरा, १५ भदौ । पत्रकार कल्याणकारी कोष स्थापनार्थ ‘भाग्यले बाँचेकाहरु’ नामक बृतचित्र आज पोखरामा प्रदर्शन हुँदैछ ।
प्रेस चौतारी कास्कीको अयोजनामा मंगलबार अपराह्न पौने चार बजे पोखराको राष्ट्रिय सभागृहमा बृत्तचित्र प्रदर्शन गरिने प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले जानकारी दिनुभयो । ‘भाग्यले बाँचेकाहरु’ मा बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परि बाँचेकाहरुको अनुभव र सुरक्षा निकायको उद्धारका साथै अति दुर्लभ दृश्यहरु रहेका छन् ।
डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा पनि छ ।
पत्रकार गणेश पाण्डले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन भने सम्राट मुभिजले पोष्ट प्रोडक्सन गरेको छ । ‘भाग्यले बाँचेकाहरु’ काठमाडौ, तनहुँ, चितवन, नवलपरासी, सुदूरपश्चिमसहित अष्ट्रेलियाको सिड्नी, मेल्वर्न, पर्थ लगायतका शहरहरुमा प्रदर्शन भइसकेको छ ।












प्रतिक्रिया