काठमाडौं । चर्चित हास्य कलाकार तथा नेपाल टेलिभिजनको साप्ताहिक हास्य टेलिश्रृखला तितो सत्यका निर्देशक दीपकराज गिरीले शीर्ष चार नेतालाई कडा व्यंग्य हानेका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट आक्रोश पोख्दै उनले संविधान निर्माणदेखि प्रधानमन्त्री बन्ने हतारो र काम गरिखानेलाई राजनीति गरिखानेले बाँच्न नदिने आभाष भएको कुरा लेखेका छन् ।
पढ्नुस् दीपकराज गिरीले के–के लेखे ?
आज म लेख्दैछू ………..
पहिला पहिला सिनेमाले ५१ दिन मनाउथ्यो
आजकल त बन्दले ५१ दिन मनाउला जस्तो छ!!!!
टिकापुर २१ दिन देखि – फिक्कापुर भाछ
……. टिकापुर जस्तै अन्य धेरै भूभाग कष्टकर हूंदैछ, काम गरेर खानेहरूलाइ राजनीति गरेर खानेहरूले बॉच्न नदिने भएको आभास हूंदैछ
संबिधान तुरून्त निकालेर प्रधानमंन्त्री हुन चाहनेहरू एक खोष्टा संबिधान फ्यात्त फाल्न आतुर छन्
प्रधानमंन्त्री लगायतहरू हतपत २ पेज संबिधानको चिट जारी गरेर संबिधान जारी गरेको एतिहासिक जस पाउन खोजिरहेछन्
३ नम्बरमा पुगेको दल आफै यो दलदल बाट उम्केर शक्ति साझेदारी गरेर पुन: १ वा २ नम्बरमा पुग्ने दाउमा छ …. यो दलहरुको आफ्नो भिन्न भिन्न दाउमा , देश र जनतानै दाउमा फसे…….
हतारमा कहिले ६ कहिले ७ प्रदेश निकाल्नु भन्दा
बार्ता गर्नु बेश यति समय त लागि सक्यो संबिधान निर्माणमा अब केहि अरू सहि……
बन्दले १०० दिन मनायो , जातीय झगडा बढ्यो मानिस एक अर्का लाइ मार्न थाले भने … खरानी हुनेछ देश … अनि त्यहि खरानीको थुप्रोमा उभिएर पूर्ण संबिधान जारी गर्ने? लोकतान्त्रिक संबिधान?















प्रतिक्रिया